arrow

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
nepal-china.jpg.jpeg

काठमाडौँ। आज (साउन १६) देखि नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध ७० औं वर्षमा प्रवेश गरेको छ। यस ऐतिहासिक अवसरमा आज काठमाडौँ र बेइजिङ दुवै ठाउँमा विविध कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाइँदैछ।

नेपाल र चीनबीचको सम्बन्ध औपचारिक रूपमा सन् १९५५ को अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि यसको ऐतिहासिक जग राजकुमारी भृकुटीको तिब्बतका राजा स्रोङ्चन गम्पोसँग भएको विवाहबाट सुरु भएको मानिन्छ। यसपछि आधुनिक युगमा पनि यो सम्बन्ध अझै प्रगाढ बन्दै गएको छ।

चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले नेपाल-चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तहरूमा आधारित रहेको बताए। उनका अनुसार, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सार्वभौमिकताको सम्मान र अहस्तक्षेपका सिद्धान्तहरूमा आधारित यो सम्बन्धलाई दुवै देशले उच्च प्राथमिकता दिँदै आएका छन्।

आचार्यले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको बताए। उनले विश्वशक्ति बनेको चीनले हासिल गरेको विकासबाट नेपालले पनि अधिकतम लाभ लिई समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने सुझाव दिए।

यसै अवसरमा, प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ नेपालका लागि चीनका राजदूत छन सङले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ