arrow

रुपन्देही–३ को उपनिर्वाचनका लागि एमालेले माग्यो उम्मेदवारको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
uml-cpn.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ।

पार्टी महासचिव शङ्कर पोखरेलले आगामी भदौ १५ गतेभित्र एक महिलासहित तीन जना उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन्।

उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन एमालेले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ