arrow

राष्ट्रिय सभाको बैठक आज, चलचित्र विधेयक र स्तरोन्नति प्रतिवेदनमा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
upper-house-20.jpg

काठमाडौँ । संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले 'चलचित्र विधेयक, २०८१' लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन्।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०:३० बजे बस्दैछ। सो समितिको बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ