बिरामी परिरहने समस्याले थाकथलो छाडेको हायू परिवार पोखरामा फेला
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
841
Shares
गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उर्मिला हायूसहित उनका परिवारका १६ जना सदस्य पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएका थिए। उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए।
"हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो, त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ," उनले भने, "उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ।"
प्रहरी प्रमुख विकका अनुसार, हायू परिवारले घरमा केटाकेटी बिरामी परिरहने र धामीले पनि नबस्न भनेको प्रारम्भिक जानकारी दिएका छन्। प्रहरीले उनीहरूबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।