काठमाडौं। देशभर आइतबारसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार, प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेस प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत, र गण्डकी प्रदेशमा ८८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ।
यस्तै, लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत, कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत, र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ।
गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो। यस वर्ष मधेस प्रदेशलगायत केही क्षेत्रमा पानी नपरेका कारण गत वर्षको तुलनामा हालसम्म कम क्षेत्रमा रोपाइँ भएको मन्त्रालयले बताएको छ।