arrow

यातायात कार्यालयद्वारा ६७ करोड राजस्व संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
yatatat-dhanusha.jpg

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रू ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८० राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो । 

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए ।

उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ