arrow

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
Surkhet-hamrakura-news.jpeg

वीरेन्द्रनगर (सुर्खेत) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय ले आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेको थियो।

शुक्रबार बिहान घाइते भएका दुवैलाई तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो। करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) मोहनजङ्ग बुढथापाले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार, घाँस काट्ने विद्युतीय मेसिनको विद्युत् लाइनमा समस्या आएर यो दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ