arrow

संविधान संशोधन जनताको हितमा हुनुपर्छ: सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
sitoulas.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भई जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको हितअनुसार संविधान संशोधन हुँदै जाने उल्लेख गरे।

उनका अनुसार, अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्छ र यसले जनताको चाहनालाई सम्बोधन गर्न सक्नुपर्छ। संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा कांग्रेस र वर्तमान सरकार गम्भीर रहेको सिटौलाले बताए।

सिटौलाले भने, "जनताको हितमा संविधान संशोधन हुँदै जान्छ। हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ। संसदले गरेका क्रियाकलाप, संसदले बनाएका विधेयकहरू, संवैधानिक परिषद्ले गरेका निर्णयहरू, संवैधानिक निकायले गरेका कामहरू, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरूको एकपटक मूल्यांकन गर्न जरुरी छ।"

उनले थपे, "संविधान कार्यान्वयनको एकपटक कार्यान्वयन गरौँ। यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै बाधक भएको भए संविधान संशोधन गरौँ। जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ। यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ। संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ।"

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ