गर्मी बढेपछि विषालु सर्पको बिगबिगी, एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
584
Shares
राजविराज (सप्तरी) । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार, मृत्यु हुनेमा स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राई छिन्।
तराई क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण पछिल्लो समय विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ।