‘आफ्नो नेतृत्व खोसिने डरले पूर्व राष्ट्रपतिलाई पार्टी प्रवेशमा रोक लगाइयो’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
720
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई लक्षित गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने टिप्पणी गरेका छन्।
उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई, "अरू आउँदा मेरो नेतृत्व खोसिएला भनेर प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो होइन" भन्दै आलोचना गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा अहिले व्यक्तिवाद हावी भएको र सामूहिक भावनाको कमी देखिएको बताए। उनले अहिले कम्युनिष्ट पार्टीहरू थुप्रै समूहमा विभाजित भएकाले सबै समूहहरू एकै ठाउँमा बसेर छलफल गरी एउटै हुन जरुरी रहेकोमा जोड दिए। "अलग-अलग पसल थापेर बस्नु राम्रो होइन," उनले भने।
अध्यक्ष नेपालले जति धेरै मानिस पार्टीमा जम्मा हुन्छन् र सक्रियता जनाउँछन्, त्यसले आन्दोलनलाई फाइदा पुग्ने धारणा व्यक्त गरे।