arrow

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
uml-central-committee-meeting-2082.jpg

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। सोमबारदेखि सुरु भएको यस बैठकमा आगामी दोस्रो विधान महाधिवेशन को तयारीमा केन्द्रित रहेर छलफल भइरहेको छ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरेका छन्। यस्तै, भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे पनि विस्तृत छलफल भइरहेको छ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् भने महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्ताव बारे जानकारी गराएका छन्। यी प्रस्तावहरूमाथि अहिले छलफल जारी छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ