साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
655
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ।
यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।