arrow

सीसीटीभी फुटेजले खोल्यो विमलेश हत्याको रहस्य, युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
bimalesh-hatya.jpg

काठमाडौँ । नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन। प्रहरीको प्रारम्भिक अनुमानअनुसार, विवाहेत्तर सम्बन्ध यस हत्याको कारण हुन सक्छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्ट हाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको हो। प्रहरीको अनुसन्धानले यो हत्यामा उनकै महिला साथी संलग्न रहेको देखाएको छ।

शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटलमा पसेको सीसीटीभी फुटेजमा स्पष्ट देखिन्छ। त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको दृश्य कैद भएको छ। त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य पनि सीसीटीभी क्यामेरामा कैद भएको प्रहरीले बताएको छ।

आइतबार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, सीसीटीभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ