arrow

सप्तकोशी नदीमा डुबेर एक बालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
saptakoshi-badhi.jpg

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा आज एक ११ वर्षीय बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका छोरा दीपेश रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

प्रहरीका अनुसार, तीन जना सँगै नुहाउन गएकामध्ये दुई जना सकुशल बाहिर आएका थिए भने दीपेश बेपत्ता भएका हुन्।

बेपत्ता दीपेशको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको खतिवडाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ