arrow

ओली भारत जाँदै, ३१ भदौदेखि भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
kp-oli-09.jpg

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी भदौ ३१ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। सरकारको नेतृत्व सम्हालेको १४ महिनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ।

परराष्ट्र स्रोतका अनुसार भ्रमण निश्चित भइसकेको र तयारी तीव्र रूपमा भइरहेको छ। यसअघि प्रधानमन्त्री ओलीले छिट्टै भारत भ्रमण गर्ने र मोदी नोभेम्बरमा नेपाल आउने सम्भावना रहेको उल्लेख गरेका थिए।

नोभेम्बर २०१९ मा भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव आएको थियो। यद्यपि, ओलीले सम्बन्ध सुधारको प्रयास जारी राखेका छन्। पछिल्लो समय बैंककमा भएको बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा ओली र मोदीबीचको भेट सौहार्दपूर्ण रहेको नेपाली पक्षले दाबी गरेको थियो।

भारतले ओलीलाई दुई दिने भ्रमणको निम्तो दिएको छ। उनी भदौ ३१ गते दिल्ली पुग्नेछन् र भोलिपल्ट मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ, जसमा केही सम्झौता र समझदारीमा हस्ताक्षर हुनेछ। भ्रमणअघि नेपाल र भारतबीच गृह सचिव स्तरीय बैठक लगायतका महत्त्वपूर्ण संयन्त्रका बैठकहरू पनि हुँदै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ