काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यो बैठकले पार्टीको आन्तरिक संरचना र भावी दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।