arrow

विद्याको एमाले सदस्यता दुई वर्षअघि नै नवीकरण भइसकेको उपाध्यक्ष पाण्डेको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
surendra-pandey.jpg

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दुई वर्षअघि नै नवीकरण भइसकेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

पाण्डेका अनुसार, एक वर्षअघि नै पार्टी महासचिव शङ्कर पोखरेलले सचिवालय बैठकमा भण्डारीको सदस्यता नवीकरण भइसकेको जानकारी गराएका थिए। उनले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको पनि जानकारी दिए।

उपाध्यक्ष पाण्डेले भने, "अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुङ्गो गर्छौं भन्नुभएको हो। यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो। उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो। दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ। १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नवीकरण भएको भन्नुभएको थियो। अध्यक्षज्यूले पनि यसमा सहमति गर्नुभएको थियो।"

उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय पहिला नै टुङ्गिसकेको विषय रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ