arrow

पर्वतको लाङ्दीमा पहिरो: वृद्ध दम्पतीमध्ये श्रीमान्‌को शव फेला, श्रीमतीको खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
parbat-langdi.jpg

पर्वत। पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएको पहिरोले घर पुर्दा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमान्‌को शव भेटिएको छ।

पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी कार्य अझै जारी छ। डिमुवा र कुश्माबाट खटिएको प्रहरी तथा स्थानीयवासीको टोलीले पहिरो पन्छाएर खोजी गरिरहेको छ। प्रहरी प्रमुख विष्टले अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको पनि बताए।

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान छविलाल विश्वकर्माको घरमाथि कान्लोबारी खसेको थियो। यस पहिरोमा दम्पती पुरिएका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ