arrow

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
kaligandaki-nadi-footpatha-nirman.jpg

पाल्पा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५ सय ६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।

“यस मार्गमा ढुङ्गा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ”, नगर प्रमुख थापाले भने ।

यस मार्गमा आव ०८१/०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ ।

वडा नं ३ स्थित केलादीमा ५५७ मिटर, ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४ सय ३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १ सय ९५ मिटर इन्टरलक, ८ स्थित भुजात क्षेत्रमा ६ सय ७८ मिटर ढुङ्गा छाप्ने र २ सय १० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा १ सय १४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १ सय ९० मिटर इन्टरलक राख्ने र ढुङ्गा छाप्ने काम भएको छ ।

यसैगरी, वडा भानघाट र तातोपानीघाटमा प्रतीक्षालय निर्माण गरिएको छ । यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो ।

धार्मिक महत्वको कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ