arrow

पर्यटन मन्त्रालयले बाँड्यो विभिन्न विधामा प्रतिभा पुरस्कार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
tourism-award-82-3-32.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि घोषणा गरिएका विभिन्न विधाका पुरस्कारहरू बुधबार एक समारोहकाबीच प्रदान गरेको छ ।

काठमाडौँमा आयोजित एक समारोहकाबीच संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले उक्त पुरस्कार प्रदान गरेका हुन् । मन्त्रालयले चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको थियो । यस्तै प्रादेशिक पुरस्कार तथा अन्य विविध पुरस्कारसमेत प्रदान गरिएको थियो । 

पुरस्कार प्रदान समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको पहिचान विश्वभरी फैलिएको जानकारी दिँदै नेपालको विविधता हेर्न, अध्ययन गर्न विश्व लालायित रहेको अनुभव सुनाए । 

विदेशका विभिन्न प्रतिष्ठित सङ्ग्रहालयमा नेपाली कला संस्कृति सङ्ग्रहित रहेको जानकारी दिँदै उनले नेपालका विषयमा बुझ्न विदेशीहरूको चासो बढिरहेको बताए । उनले नेपालमा बसौँबसौँ बनाउनका लागि लाग्न सबैलाई अनुरोध पनि गरे । 

अहिले नेपालका नेता तथा प्रशासनिक क्षेत्र आलोचित रहेको तर असल कामको प्रचार, प्रोत्साहन र आशाको सञ्चालन गर्न नसकिएको उल्लेख गरे । यस्ता प्रतिभाहरूले त्यस्ता काममा भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पूर्वमन्त्री छविलाल विश्वकर्माले व्यवस्था बदलियो भनेर त्यसै छाड्न नहुने बताउँदै अवस्था बदल्न लाग्नुपर्नेमा जोड दिए । 

विभिन्न विधामा पुरस्कार प्रदान 

चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र विभिन्न विधामा प्रादेशिक पुरस्कार प्रदान गरिएको छ । जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार  भाषा र साहित्यतर्फ रामेछापका अमृत योञ्जन तामाङ, संस्कृतितर्फ मोरङका डा सोमबहादुर धिमाल, सङ्गीत तथा नाट्यतर्फ बाजुराका राजेन्द्रबहादुर शाह र ललितकलातर्फ काठमाडौँका मुकेश मल्ललाई प्रदान गरिएको थियो ।
 
यस्तै विधागतरूपमा प्रादेशिक प्रतिभा पुरस्कार पनि आजै वितरण गरिएको छ । जसअनुसार भाषा तथा साहित्य विधातर्फ कोशी प्रदेशबाट विमला तुम्खेवा, मधेश प्रदेशबाट श्यामसुन्दर शाह, बागमतीबाट नर्मदेश्वरी सत्याल, गण्डकी प्रदेशबाट मीनराज वसन्त रेग्मी, लुम्बिनी प्रदेशबाट भगवानदास यादव, कणाली प्रदशेबाट समिर शाह र सुदूरपश्चिम प्रदेशबाट नरेन्द्रप्रसाद भट्टलाई प्रदान गरिएको थियो । 

यस्तै संस्कृति विधातर्फ प्रादेश पुरस्कार पाउनेहरूमा कोशीबाट कमलजङ राई, मधेश प्रदेशबाट शीतल गिरी, बागमती प्रदेशबाट तारादेवी सुनार, गण्डकी प्रदेशबाट भक्तिप्रसाद शर्मा, लुम्बिनी प्रदेशबाट इन्द्रिस खाँ, कर्णाली प्रदेशबाट  मोतिराम बम र सुदूरपश्चिम प्रदेशबाट देवेन्द्रप्रसाद भट्ट रहेका छन् । 

यसैगरी सङ्गीत तथा नाट्य विधातर्फ प्रादेशिक पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट विपिन पौडेल, मधेश प्रदेशबाट शिवशङ्कर रिजाल, बागमती प्रदेशबाट सुदेशराज शर्मा, गण्डकी प्रदेशबाट दिया मास्के, लुम्बिनी प्रदेशबाट उदिराम खड्का, कर्णाली प्रदेशबाट तिलक परियार र सुदूरपश्चिम प्रदेशबाट प्रकाश थापा रहेका छन् । 

यस्तै ललितकला विधातर्फ कोशीबाट हिम्मतबहादुर लिम्बू, मधेश प्रदेशबाट गतिाकुमारी ठाकुर, बागमती प्रदेशबाट  प्रमिला बज्राचार्य, गण्डकी प्रदेशबाट शशीध्वज तुलाचन, लुम्बिनी प्रदेशबाट हरिराम अधिकारी कर्णाली प्रदेशबाट  थेक्क्षोक तामाङ र सुदूरपश्चिम प्रदेशबाट मित्थु चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै जनही रु एक लाख राशि रहेको महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट आजै पाँच जनालाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कार पाउनेमा कवितार्फत तीर्थ श्रेष्ठ, निबन्धतर्फ  लक्ष्मण गौतम, गद्यरआख्यानतर्फ नारायण ढकाल, लोक साहित्यतर्फ कल्पना प्रधान र भाषा साहित्यतर्फ रेशम विरही रहेका छन् । 

मन्त्रालयले एक लाख राशिकै आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार रामप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारमा काव्यतर्फ भरतबहादुर भण्डारी र नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि जनही रु एक लाख रहेको छ ।
 
योगमाया राष्ट्रिय पुरस्कार निलम कार्की निहारिका, भगत सर्वजित मानव मर्यादा, राष्ट्रिय पुरस्कारबाट मानबहादुर विश्वकर्मा र भीमकान्त पन्थीलाई प्रदान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट प्राडा देवीप्रसाद नेपाललाई सम्मान गरिएको छ । ती पुरस्कारको राशि पनि जनही एक लाख रहेको छ ।

इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट नेपालमा खोज अनुसन्धानमा सक्रिय बेलायती नागरिक जोन वेल्पटनलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ । 

यस्तै एक लाख राशिकै शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट प्राडा वीणा पौडेललाई प्रदान गरिएको छ । सो क्रममा पुरस्कृत व्यक्ति बिमला तुम्खेवा, नर्मदेश्वरी सत्याल, राजेन्द्रप्रसाद शाह, डा जोनलगायतले धारणा राखेका थिए । रासस

prativa-puraskar-82-3-32 (15).jpeg
prativa-puraskar-82-3-32 (14).jpeg
prativa-puraskar-82-3-32 (13).jpeg
prativa-puraskar-82-3-32 (12).jpeg
prativa-puraskar-82-3-32 (11).jpeg
prativa-puraskar-82-3-32 (10).jpeg
prativa-puraskar-82-3-32 (9).jpeg
prativa-puraskar-82-3-32 (8).jpeg
prativa-puraskar-82-3-32 (7).jpeg
prativa-puraskar-82-3-32 (6).jpeg
prativa-puraskar-82-3-32 (5).jpeg
prativa-puraskar-82-3-32 (4).jpeg
prativa-puraskar-82-3-32 (3).jpg
prativa-puraskar-82-3-32 (3).jpeg
prativa-puraskar-82-3-32 (2).jpg
prativa-puraskar-82-3-32 (2).jpeg
prativa-puraskar-82-3-32 (1).jpg
prativa-puraskar-82-3-32 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ