arrow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
accident-final.jpg

सर्लाहीमा । सर्लाहीमा बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट पैदयात्रीको ज्यान गएको छ । पैदलयात्रीको सनाखत हुन सकेको छैन ।

कबिलासीबाट मलंगवातर्फ जाँदै गरेको प्रदेश २-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । 

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी नगरपालिका-८ का २२ वर्षीय रुपेश राय र पछाडि सवार उनकी श्रीमती २० वर्षीया पिंकी देवी राय घाइते भएका छन् ।

उनीहरुको मलंगवा अस्पतालमै उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

मृतकको पहिचान खुलाउने तथा दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ