arrow

बीपी राजमार्गमा पहिरो र लेदोले तीन स्थानमा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
bp-highway-news.jpg
तस्बिर फाइल

काभ्रेपलाञ्चोक। बीपी राजमार्गको काभ्रे खण्डमा गएराति परेको वर्षाका कारण पहिरो र लेदोले गर्दा तीन स्थानमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ।

कार्यालयले दिएको जानकारीअनुसार, रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढीले कटान गर्दा सडक अवरुद्ध भएको छ। यस्तै, रोशी–९ स्थित खहरे खोलाको लेदो र सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई गएराति सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको बताए। यसअघि पनि असार २५ गते मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो।

बीपी राजमार्गअन्तर्गत रोशीका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोलामा आएको वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो। रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो। पिन्थली खण्डमा पनि यसअघि असार १६, २५ र २६ गते सडक पटकपटक अवरुद्ध भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ