arrow

सुनसरीको हरिनगरमा गोली प्रहार: १७ वर्षीया किशोरीको मृत्यु, आरोपी फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
nepal-police12.jpg

इनरुवा (सुनसरी)। सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानकी १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार, घरेलु विवादका क्रममा भारतको अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका थिए। गोली लागेर खातुनको घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै आरोपी मियाँ फरार भएकाले प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ। भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजी कार्य र निगरानीलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ