arrow

टिपरको ठक्करबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
accident-final.jpg

झापा । झापाको दमक नगरपालिका-३ सङ्गम चोकमा आइतबार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेकोे मे११प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटीको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटी चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

टिपर चालक विर्तामोड-२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ