सुर्खेतमा दुई महिनामा छ किलो लागुऔषध बरामद, ९४ जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
619
Shares
कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो दुई महिनामा सामाजिक अपराध नियन्त्रणमा कडाइ गर्दै ठूलो सफलता हासिल गरेको छ। यस अवधिमा करिब ६ किलोग्राम लागुऔषध बरामद गरिएको छ भने विभिन्न अपराधमा संलग्न ९४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार, प्रहरीले ब्राउन सुगर, चरेस, अफिम, गाँजा र ट्याब्लेट गरी कुल ५ किलो ९३५ ग्राम ९०० मिलिग्राम लागुऔषध बरामद गरेको छ। लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४४ जना (५ महिला र ३९ पुरुष) लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
लागुऔषधबाहेक अन्य सामाजिक अपराधमा पनि प्रहरी सक्रिय देखिएको छ । जुवातासबाट २१ जना पक्राउ।
सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा २८ जना (३ होटल सञ्चालक, १२ पुरुष, १२ महिला, र १ एचआईभी सङ्क्रमित महिला) पक्राउ।
प्रहरीको यो सक्रियताले सुर्खेतमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।