arrow

जबज सामाजिक, आर्थिक रूपान्तरणको एउटा वृहत् सिद्धान्त: पूर्वराष्ट्रपति भण्डारी [भिडियो]

समाज रूपान्तरणका लागि विचार नै महत्त्वपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
bidhya-27.jpg

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणका लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नल’ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले यो जर्नल जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारिक माध्यम बन्ने विश्वास व्यक्त गरिन्। जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अगाडि बढाएको उनको भनाइ थियो।

“समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस अर्थमा यो जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारित माध्यमको लागि प्रयास पनि हो,” भण्डारीले भनिन्, “यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यवहारिक रूपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्छ।”

भण्डारीले जबज सामाजिक, आर्थिक रूपान्तरणको एउटा वृहत् सिद्धान्त भएको उल्लेख गरिन्। उनले यसले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसाथ गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन्।

उनले नेकपा (एमाले) ले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसाथ गरेको जनाइन्। जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरू समेटिन नसक्नुलाई अन्यथा लिन नहुने बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरूका बीचमा अझ व्यापक रूपमा पुर्‍याउनुपर्नेमा उनले जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ