arrow

चेक बाउन्स भए अब ’कालोसूची’ मा पर्ने, राष्ट्र बैंकले गर्‍यो नयाँ कडा व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था लागू गरेको छ। ‘चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२’ जारी गर्दै राष्ट्र बैंकले अब चेक बाउन्स भएमा चेक जारी गर्ने व्यक्ति वा संस्था कालोसूचीमा पर्ने प्रावधान ल्याएको हो। यद्यपि, मिलापत्रमार्फत कालोसूचीबाट बाहिरिने सुविधा पनि यसले दिएको छ।

नयाँ कार्यविधिअनुसार, यदि कसैको खातामा रकम मौज्दात नभएको वा पर्याप्त नभएको अवस्थामा चेक अनादर भएमा, वा चेकमा उल्लेखित विवरण सही भए पनि चेक धारकले यकिन गर्न नसक्ने अन्य कुनै कारणले चेक फिर्ता भएमा, चेक जारी गर्ने खातावाला र उनीसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न सकिनेछ।

चेक अनादर भएमा, चेक धारकले सम्बन्धित बैंक वा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ। यो निवेदन अनादर भएको चेकको सक्कल प्रतिसहित चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्र बुझाउनुपर्नेछ। बैंक वा वित्तीय संस्थाले निवेदन प्राप्त भएको ५ कार्यदिनभित्र अनादर प्रमाणित भएको चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा उनीहरूसँग सम्बन्धित पक्षहरूलाई कालोसूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा पत्राचार गर्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ