arrow

काठमाडौँमा ४० किलो गाँजासहित पाँच जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
nepal-police12.jpg

काठमाडौं। नेपाल प्रहरीले ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, तथा काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १ लाख २५ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। प्रहरीका अनुसार, उनीहरूले काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ