त्रिशूली नदी किनारमा पुरुषको शव फेला, रसुवा बाढीका बेपत्ताको आशंका
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
710
Shares
भरतपुर (चितवन)।चितवनको इच्छाकामना गाउँपालिका–६, कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीका अनुसार, शवको केही अंग नभएको अवस्थामा अन्दाजी ४५ देखि ५० वर्षका देखिने पुरुषको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।
प्रहरीले उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेका व्यक्तिको हुन सक्ने अनुमान गरेको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।