arrow

बाढीपहिरोले देशका दश प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
badhi-pahiro-085.jpg

काठमाडौं। देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढीपहिरोका कारण मुलुकका १० वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्, जसले देशभरको यातायात सञ्चालनमा गम्भीर असर पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीको पूर्वपश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर, र बझाङको जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध भएका केही सडक खण्डहरू भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यसमा बनेपा–नाला–भक्तपुर सडक, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही करिडोरको खण्ड, र रोल्पास्थित सहिद राजमार्ग समावेश छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ