पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, तत्काल खुल्ने सम्भावना कम
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
814
Shares
बागलुङ। मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार, करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेकाले बाटो अवरुद्ध भएको हो।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको र पानी रोकिएपछि मात्र पहिरो पन्छाउने काम सुरु गरिने उनले बताए। केही स्थानमा सडक भासिएको पनि जानकारी दिइएको छ।