arrow

रेलको ठक्करबाट एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
train-malbahak-.jpg
फाइल तस्बिर

धनुषा । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका-२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो । 

कानमा ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

हर्न बजाए पनि नसुन्दा रेलले ठक्कर दिँदा उनको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ