arrow

मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
sunsari.png

इटहरी (सुनसरी)। सुनसरीको इटहरीस्थित जब्दीको मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार, मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार रहेका छन्।

घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्काल दुवै बालकलाई खोलाको दहबाट निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्‍याएको थियो। अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ