arrow

अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुल्यो, ह्युमपाइप राखेर अस्थायी पुल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
nala-road.jpg

काभ्रेपलाञ्चोक। काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि अवरुद्ध भएको नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ।

गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरिएपछि सडकमा यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, बनेपा नगरपालिका कार्यालय र सडक विभागको समन्वयमा रातभरको प्रयासपछि यो अस्थायी पुल तयार पारिएको हो।

नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने यो मार्ग राजधानी काठमाडौँको पूर्वी नाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। २०३७ सालमा निर्माण भएको उक्त पुल शनिबार राति एक मालवाहक गाडी पार गरेलगत्तै भाँचिएको स्थानीयले बताएका छन्। पुल भाँचिएपछि राजधानी जाने र मध्यपूर्वतर्फ बाहिरिने सवारी साधनका लागि यो वैकल्पिक सडकखण्ड पूर्णतः अवरुद्ध भएको थियो।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि अधिकांश सवारी साधनले नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ