-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो पुल भाँचिएको हो ।
पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।
त्यस्तै गरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ।