बाफिया विधेयकमा छिटो निष्कर्षमा पुग्न अर्थमन्त्रीको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
671
Shares
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विधेयकलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्। शुक्रबार अर्थसमिति बैठकमा बाफियाबारेको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्।
अर्थमन्त्री पौडेलले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आफ्नो आशय नभएको स्पष्ट पारे। उनले पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ, त्यसका लागि सहयोग गर्न तयार छ।
"यो बाफियासम्बन्धी विधेयकमा हामी जुन छलफल गरिरहेका छौँ, यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ," अर्थमन्त्री पौडेलले भने, "त्यसका लागि संशोधनकर्ता र समितिले जरूर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ। यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्षमा पुगौँ। छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमान्ड गर्छ, त्यो तहसम्मको छलफल गरौँ तर ढिला नगरौँ।"
उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्नु हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताए। उनले बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्नेमा पनि जोड दिए।