arrow

हैजा रोक्न काठमाडौँ महानगरमा जनचेतनामूलक कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
haija-jhadapakhala.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।  

अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिए । 

उनका अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै महानगरले नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।    

यो कार्यक्रम महानगरका ३२ वटै वडामा शुरु गरिएको भुसालले जानकारी दिए । विगतका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामीहरु भेटिएका थिए । 

दूषित पानीबाट सर्ने ब्याक्टेरियाजन्य रोगहरूमध्ये हैजा एक हो । पिउनेपानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । 

व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सर्ने गरेको चिकित्सहरूले बताउने गरेका छन् । 

हैजा जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया पखाला लाग्ने यो रोगको तत्काल उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ