arrow

हैजाले लियो वीरगञ्जमा दुईको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
haija-jhadapakhala.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । हैजा लागेर वीरगञ्जमा दुई जनाले ज्यान गुमाएका छन् । पोखरीया नगरपालिका वडा नं ९ की १९ वर्षीया पुनम साहको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा र वीरगञ्ज हस्पिटल मा वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली का ३५ वर्षीय राजु महतोको हैजाका कारण भएको चिकित्सकहरूले जनाएका छन् । 

अहिले हैजा अनियन्त्रित रूपमा बढिरहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा अबुल हेश अंसारीले बताए । 

आफ्नो हस्पिटलमा ३६ जना भर्ना भएकोमा १३ जनाको आईसीयूमा उपचार भइरहेको अंसारीले बताए । तराई हस्पिटलमा ८ र नारायणी अस्पतालले पाँच जनामा हैजा देखिएको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ