arrow

कालीकोटमा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
karnali-land-slide.jpg

मान्म (कालीकोट)।अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहानैदेखि सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो।

आइतबार बेलुकीदेखि परेको पानीका कारण गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएको कालीकोटका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताएका छन्। "गाडी चल्न सक्ने अवस्था छैन," उनले भने, "कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुङ्गा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ।"

पहिरो निरन्तर बगिरहेकाले काम गर्न पनि कठिन भइरहेको रावतले जानकारी दिए। सडक डिभिजन जुम्लाले पनि मेसिन पठाएको र सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेको उनको भनाइ छ। पानी रोकिएमा दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला, मुगु, बाजुरा र हुम्लाबाट सुर्खेत जाने तथा सुर्खेतबाट माथितिर आउने गाडीहरू बाटैमा रोकिएका छन्। यसले गर्दा यात्रुहरू अलपत्र परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ