arrow

विद्युत् प्राधिकरणको लापरबाहीले करेन्ट लागेर देवकोटाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
current-death.jpg

कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय टीकाराम देवकोटा छन्।

मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युतको पोलबाट झरेको तारबाट करेन्ट लागेर देवकोटाको मृत्यु भएको हो ।

विद्युतको राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको बताइएको छ। 

मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीले ज्यान गएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ