arrow

कालीकोट कांग्रेसले लगायो उम्मेदवारहरूको नाम टुङ्गो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
congress-flag3.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ।

जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फको निर्वाचनका लागि भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम छनोट गरी प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो।

जिल्लाबाट प्राप्त यी नामहरूलाई प्रदेश कार्यसमितिले पनि आवश्यक प्रक्रिया पूरा गरी केन्द्रमा पठाइसकेको जिल्ला सभापति अम्बबहादुर शाहीले जानकारी दिए।

सभापति शाहीका अनुसार जिल्ला कार्यसमितिले प्रतिनिधिसभाको समानुपातिकतर्फका लागि कालीबहादुर सहकारी, सुशीला शाही बम र मनबहादुर नेपालीको नाम सिफारिस गरेको छ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि टेकराज शाही र यशोधा शाहीलाई उम्मेदवार बनाउन केन्द्रमा नाम पठाइएको उनले बताए।

फागुनमा हुने निर्वाचनलाई लक्षित गरी कालीकोट कांग्रेसले आफ्ना प्रभावशाली नेताहरूलाई चुनावी मैदानमा उतार्ने तयारी स्वरूप यो सिफारिस गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ