arrow

सुनसरीमा भयानक मोटरसाइकल दुर्घटना: बाबुछोरासहित तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
Accident-sign.jpg

इटहरी (सुनसरी)। सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा गए राति भएको भिषण मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष, र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव रहेका छन्। उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ