arrow

कोरिया सरकारको सहयोगमा श्रमिकका लागि 'हामी एप' शुभारम्भ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
khusi-app-nepal-korea.jpg

काठमाडौँ । दक्षिण कोरिया सरकारो सहयोगमा नेपालमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई रोजगार सम्बन्धी अत्यावश्यक सूचनाहरु सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि हामी (खुशी माइग्रेशन) एपको शुभारम्भ भएको छ ।  

दक्षिण कोरियाले विगतदेखिनै कोरियामा काम गर्न जाने श्रमिकहरुको हक हितलाई प्राथमिकतामा दिँदै   कोरियामा रोजगारका लागि प्रस्थान गर्नु अगाडि कोरियामा कार्यरत रहँदा र फर्किए पश्चात उद्यमशिलता प्रवद्र्धनका साथै वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेतर्फ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो । 

गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा हामी मोबाइल एपको विकास गरिएको हो। यस एपको सञ्चालन भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ। 

हामी एपको शुभारम्भ कार्यक्रम श्रम, रोगार तथा सामाजिक मन्त्री श्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा ललितपुरमा सम्पन्न भएको हो । 

मन्तव्यका क्रममा मन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोग मार्फत पारदर्शिता र नीतिगत निर्णयहरूमा सुधार गर्ने सरकारको योजना रहेको बताएका छन् । 

उनले सबैको सहयोग र सहकार्यको लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल सरकार, कोरियाली राजदूत तथा दूतावासका प्रतिनिधि, कोइका नेपालका प्रतिनिधि, कोरियामा रोजगारीको अनुभव भएका व्यक्तिहरु, सरोकारवाला संघ संस्थाका प्रतिनिधिलगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

यो एपमा नेपाली र अंग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसको साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको छ।

उक्त कार्यक्रममा मन्तव्य मन्तव्य दिँदै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपालबीचको सम्बन्धका विभिन्न आयामहरुको स्मरण गर्दै आप्रवासी कामदार र स्वदेश फर्किएर उद्यमशिलता मार्फत रोजगारी सिर्जनाका बारेमा उल्लेख गरे । 

सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न हामी एपले श्रमिकको आवश्यकताको आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने बारेमा जानकारी दिए । 

राजदूत पार्कले दक्षिण कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदारहरू नेपालको भविष्यको लागि महत्त्वपूर्ण सम्पत्ति भएको बारेमा उल्लेख गर्दै गत हप्ता दूतावासले प्रकाशमा ल्याएको 'तपाईं पनि मालिक बन्न सक्नुहुन्छ' नामक पुस्तकमा समावेश भएका कोरियाको अनुभवको आधारमा सफल व्यवसायीका रुपमा उदाएका ५० रिटर्नीहरुको प्रेरणादायी उद्यमशीलता कथाको सँगालोको बारेमा चर्चा गरे । 

उक्त कार्यक्रम दुई सत्रमा सञ्चालन भई दिउँसोको सत्रमा विदेशमा रोजगारीको अनुभव लिई फर्केका आप्रवासीको दिगो पुनःएकीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ