arrow

माओवादीले गर्‍यो सरकारले गठन गरेको भिजिट भिसा छानबिन समितिको स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
barshaman-pun-82-3-10.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिको स्वागत गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद एवं पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले बनाएको समितिको स्वागत गरेका हुन् । 

उनले अख्तियारले पनि यो प्रकरणबारे अनुसन्धान गरिरहँदा सरकारले पनि यो समिति बनाएर सघाउनु राम्रो कदम भएको बताएका हुन् । उनले भिजिट भिसा जस्ता थुप्रै विकृतिहरु रहेकाले त्यतातिर पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । 

उनले लोकतान्त्रिक अभ्यासमा सरकारलाई विश्वास गर्ने वातावरण बनाउनु पर्ने भन्दै सरकारले गठन गरेको यो समितिलाई माओवादीको पूर्ण समर्थन रहेको बताए । 

गैरलोकतान्त्रिक दलहरुले सरकारको सकारात्मक कदम बुझ्न नसक्ने भन्दै पहिले यस्ता विषय बुझ्न पनि आग्रह गरेका छन् । 

राप्रपाले यो समितिको विरोध गरेको छ । त्यस्तै रास्वपाले पनि विरोध गरेर संसद बैठक बहिस्कार गरेको छ । 

राप्रपा र रास्वपाले गत जेठ १३ गतेदेखि नै विरोध आन्दोलन गरिरहेका छन् । 

नसुल्झिएको भिजिट भिसा प्रकरण र उदाङ्गिएका अनुहार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ