नागरिक लगानी कोष र हिमालयन बैङ्कबिच सेयर प्रत्याभूति सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
550
Shares
काठमाडौँ। नागरिक लगानी कोषले हिमालयन बैङ्क लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै बैङ्कले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ। सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ।