arrow

बरण्डाबाट लडेर प्रमिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
death.jpg

धनकुटा । घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ ।

धनकुटा नगरपालिका-१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो ।

शुक्रबार बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ । 

उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ