arrow

कांग्रेस पाका नेता शास्त्रीको पशुपति आर्यघाटमा दाहसंस्कार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
dhundiraj-shastri-funeral-f.jpg

काठमाडौँ । गत सोमबार निधन भएका नेपाली कांग्रेसका पाका नेता ढुण्डिराज शास्त्री पौडेलको बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार भएको  छ । उनको गत सोमबार बिहान ५ बजे काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ८९ वर्षको उमेरमा निधन भएको थियो । 

निमोनिया र दमले ग्रस्त उनी शनिबारमात्र केएमसीमा भर्ना भएका थिए । उनका छोराहरु विदेशमा रहेका कारण बुधबार आएकाले दाहसंस्कारमा ढिलाइ भएको हो । 

उनका तीन श्रीमती रहेकामा जेठीको २२ दिनअघिमात्र निधन भएको थियो । त्यस्तै २ छोरा र ३ छोरी रहेका छन् । 

उनको सम्मानमा सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो । उनको काजकिरिया उनको परिवार बस्ने लोकन्थलीमा हुनेसमेत परिवारिक स्रोतले जनाएको छ । 

कांग्रेसले तीन दिन शोक मनाउने

यता नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।
 
कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
 
बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नेता शास्त्रीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उनले बताए । 

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । 

स्व शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मिएका स्व शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । उनको निधनबाट कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गरे । 

कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुयाएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उनले निर्वाह गरेको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

आजै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

कांग्रेसका महामन्त्री गगनकुमार थापा तथा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, गोपानमान श्रेष्ठ, डा मीनेन्द्र रिजाललगायत नेताहरूले स्व शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

अत्याधुनिक नेपालको प्रजातान्त्रिक राजनीतिका चिन्तक, समाजवादी व्याख्याता, सरलता र शालीनताका प्रतिमूर्ति शास्त्री विभिन्न चरणमा मन्त्री भएका थिए । 

उनले उद्योग तथा श्रम मन्त्रालयसमेत सम्हालेका थिए । 

कांग्रेसको राजनीतिमा जननायक बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उनले कार्य गरेका थिए । 

प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा उनले लामो समय प्रवासी जीवन बिताएका थिए । 

उनले लेखेको ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित “बीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९” (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उनी सम्मानित भएका थिए ।

स्वर्गीय शास्त्री ‘शहीद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष थिए ।

dhundiraj-shastri-funeral-82-3-4 (20).jpg
dhundiraj-shastri-funeral-82-3-4 (19).jpg
dhundiraj-shastri-funeral-82-3-4 (18).jpg
dhundiraj-shastri-funeral-82-3-4 (17).jpg
dhundiraj-shastri-funeral-82-3-4 (16).jpg
dhundiraj-shastri-funeral-82-3-4 (15).jpg
dhundiraj-shastri-funeral-82-3-4 (14).jpg
dhundiraj-shastri-funeral-82-3-4 (13).jpg
dhundiraj-shastri-funeral-82-3-4 (12).jpg
dhundiraj-shastri-funeral-82-3-4 (11).jpg
dhundiraj-shastri-funeral-82-3-4 (10).jpg
dhundiraj-shastri-funeral-82-3-4 (9).jpg
dhundiraj-shastri-funeral-82-3-4 (8).jpg
dhundiraj-shastri-funeral-82-3-4 (7).jpg
dhundiraj-shastri-funeral-82-3-4 (6).jpg
dhundiraj-shastri-funeral-82-3-4 (5).jpg
dhundiraj-shastri-funeral-82-3-4 (4).jpg
dhundiraj-shastri-funeral-82-3-4 (3).jpg
dhundiraj-shastri-funeral-82-3-4 (2).jpg
dhundiraj-shastri-funeral-82-3-4 (1).jpg
dhundiraj-shastri-funeral-82-3-4 (21).jpg
dhundiraj-shastri-funeral-82-3-4 (22).jpg
dhundiraj-shastri-funeral-82-3-4 (23).jpg
dhundiraj-shastri-funeral-82-3-4 (24).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ