मुग्लिन (चितवन)।पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
प्रहरी निरीक्षक सिंहले अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको बताएका छन्। पहिरो हटाउन करिब दुई घण्टाभन्दा बढी लाग्न सक्ने उनको भनाइ छ।