arrow

पन्थीहरूको आठौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
panthi-samaj-2082-2-31.jpg

बुटवल । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज बुटवलको आठौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष वासुदेव पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता र पूर्व लुम्बिनी प्रदेश सांसद बिमला पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो । 

समाजका केन्द्रीय उपाध्यक्ष विष्णुहरि पन्थीले स्वागत मन्तव्य तथा कार्यक्रमको सन्चालन समाजका सचिव रामप्रसाद पन्थीले गरेका थिए । 

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रकाश पन्थीले आर्थिक प्रतिवेदन, सचिव रामप्रसाद पन्थीले संस्थाको प्रगति प्रतिबेदन तथा अध्यक्ष वासुदेव पन्थीले आफ्नो कार्यकालमा भएका कार्यक्रमको  झलक प्रस्तुत गरेका थिए भने विभिन्न जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

यस अधिवेशनले १७ सदस्यीय कार्यसमिति तथा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा विष्णुहरि पन्थी, उपाध्यक्षमा रामप्रसाद पन्थी, सचिवमा प्रकाश पन्थी, कोषाध्यक्षमा पिताम्बर पन्थी, सहसचिवमा हिरण्य पन्थी तथा सदस्यहरूमा अच्युतराज पन्थी, देविराम पन्थी, रामप्रसाद पन्थी, पुनाराम पन्थी, सावित्रा पन्थी, नारायण पन्थी, मगज पन्थी, मिनराज पन्थी, राजु पन्थी, रविलाल पन्थी र रोमहर्ष पन्थी  तथा लेखा समिति संयोजकमा कृष्णप्रसाद पन्थी तथा लेखा सदस्यमा पुष्पा पन्थी र दामोदर पन्थी रहेको निर्वाचन समिति निवर्तमान अध्यक्ष वासुदेव पन्थीले बताए । 

भारद्वाज गोत्रीय पन्थीका पूर्वज सदानन्दले डोटीको गङ्गौली पन्थवाडामा आफ्नो पन्थी थर बनाएका थिए भन्ने जानकारीमा पाइन्छ । गङ्गौलीलाई गौली पनि भनिने हुनाले पन्थीहरूले आफ्नो संस्थाको नामको शुरुमा गौली पन्थी भनी नामकरण गरेका हुन् । 

पन्थीहरूको वंशको वंशावली तयार गर्न र पन्थीका धार्मिक, सामाजिक, सांस्कारिक आदि विषयको अध्ययन र अनुसन्धान गर्न गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजको स्थापना चन्द्रकान्त पन्थीको नेतृत्व र सक्रियतामा वि.सं २०७० सालमा भएको थियो । 

यस समाजले २०७३ मा  नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने पन्थीहरूको पन्थी वंश-ग्रन्थ भनेर वंशावली पनि प्रकाशित गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ