arrow

आज भूमे पर्व मनाइँदै, चार जिल्लामा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज चार जिल्लामा सार्वजनिक बिदा दिएको छ। 

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिइएको हो।

भूमे पर्व विशेषगरी मगर समुदायले आफ्नो महत्त्वपूर्ण चाडका रूपमा मनाउँछन्। विगत वर्षहरूमा पनि प्रदेश सरकारले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ